![]() |
आइ फ्लू भएकाे आँखा |
आइ फ्लू संक्रमण सामान्यतया एकजनाबाट सुरु भई अरूकाे आँखामा फैलिन्छ । वर्षातकाे समयमा आद्रता बढि भएकाे हावाबाट संक्रमण फैलाउने किटाणु बढि सकृय हुने भएकाेले संक्रमणकाे संभावना बढ्छ। आई फ्लू एकदमै संक्रामक सरूवा रोग हो । यो राेग संक्रमितले छाेएकाे हातले छाेएकाे बस्तुमा स्वस्थ मान्छेले छोएर स्वस्थ आँखामा छुदा, हात मिलाउदा मात्र सर्छ । त्यसैले तपाइँ कुनै सतहलाई छुनुहुन्छ भने, तपाइँको आँखा छुनु अघि तपाइँका हात राम्ररी सफा गर्ने र बिनाकारण आँखालाई बारम्बार नछुने गर्नुपर्छ । पावर नभएकाे साधारण चस्मा लगाइयाे भने बारम्बार आँखा छाेइने समस्याबाट पनि बच्न सकिन्छ ।
- आँखा धेरै दुख्ने,
- रातो हुने र उज्यालाेमा हेर्न अप्ठेराे हुने,
- परेला टाँसिने र पहेँलो कचेरा आउने,
- आँखा चिलाउने, आँखा धमिलो हुने, पोल्ने,
- आँखाबाट आँसु आइरहने र केही चिल्लोपन महसुस हुने हुन्छ ।
धारामा बगिरहेकाे सफा र चिसो पानीले दिनमा धेरै पटक आँखा धुने, सफा भाँडामा पानि राखेर आँखा डुवाइ खाेल्ने र बन्द गर्ने गर्नुपर्दछ । स्वास्थ्यकर्मिले तोकेको आइ ड्रपहरू प्रयाेग गर्नुपर्दछ । सफा हातले मात्र आँखा छुने, आँखा नमिच्ने र आई फ्लू भएका व्यक्तिसँग टाढै रहने गर्नुपर्छ ।
ताैलिया, लुगा, ओछ्यान, चश्मा, आँखा मेकअप सामग्री, आइ ड्रप अलग्गै राख्नुपर्छ र अरूसँग सेयर गर्नु हुदैन, बारम्बार आँखा झिम्काइरहने, आँखा चिलाएमा नमिच्ने र सफा पानि छ्याप्ने गर्नुपर्छ ।
आइ फ्लू संक्रमण भएमा के गर्ने?
यदि तपाईलाइ आई फ्लू भएको छ भने सार्वजनिक स्थलमा जानु हुदैन । आँखामा कालो चश्मा लगाएर मात्र बाहिर निस्कने गर्नुपर्छ । अन्य मान्छेसंग हात नमिलाउने र सार्वजनिक स्थानहरूलाई छुनु हुदैन । यदि तपाइ कर्मचारी हुनुहुन्छ भने केही दिन छुट्टी पनि लिन सकिन्छ । आँखा छुनुअघि र छाेएपछी स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ। दिनमा ४, ५ पटक चिसाे पानिले आँखा सफा गरिरहनुपर्छ । स्टेराेइड भएकाे आइ ड्रप प्रयाेग गर्नु हुदैन । त्यसैले स्वास्थ्यकर्मीकाे सल्लाहमा मात्र आइ ड्रप प्रयाेग गर्नुपर्छ । आँखालाई स्वस्थ राख्न खानामा प्रसस्त भिटामिन ए, भिटामिन बी र भिटामिन सी भएका खानेकुराहरू खानुपर्दछ ।
याद गर्नुहाेस्, आई फ्लू प्रायजसाे १ हप्तादेखि १० दिन भित्रमा आफैं निको हुन्छ तर निकाे नभइ समस्या बढ्दै गएमा र हेर्नमा समस्या भएमा राम्रो नेत्ररोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि आफैँ प्रयाेग गर्नु हुदैन । स्टेराेइड मिसाइएकाे वा गलत आइ ड्रपकाे प्रयाेगले तपाईंको आँखालाई अझ खराब बनाउन सक्छ। यस्तो बेला आँखामा कुनैपनि बाहिरि बस्तु, तेल पनि हाल्नु हुँदैन ।
Thankyou !
ReplyDelete