सापु कस्ताे रोग हो ?
- सापु एउटा आँखाकाे रोग हो । वर्षायामपछि भदौ महिनादेखि मंसिर अन्तिमसम्म नेपालको मध्य पहाडी भेगमा शापु महामारीको रूपमा देखिने गरेको छ । यो रोगको लक्षणहरू देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ ।
- नेपालमा सेतो पुतली (मोथ) लाई सापुको प्रमुख कारक मानिन्छ । कतिपय अवस्थामा भने सेतो पुतली बाट मात्र नभइ अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ । तर मुख्य कारण भने सेताे पुतली नै हाे । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।
एक्कासी एउटा आँखा रातो हुनु
- चिप्रा नलाग्नु
- उज्यालोमा हेर्न नसक्नु
- आँखाको दृष्टिमा तत्कालै कमी हनु
- आँखा दुख्नु
- उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
सापुको रोकथाम कसरी गर्ने ?
- सेतो पुतलीको संसर्गबाट टाढै रहने
- धेरै उज्यालो सेतो बत्ती नबाल्ने
- साँझ र राती झ्याल ढोका बन्द गर्ने
- सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
- आफूखुसी औषधि वा जडिबुटिको प्रयोग नगर्ने
बेलुका सुल्ने कोठामा बत्ती निभाउने, चुकुल लगाएर मात्र सुत्ने, यदि समयमा उपचार भएमा यो रोग निको हुन्छ, तर उपचारमा ढिला भएमा बिरामीको आँखा विग्रिने वा सुकेर जान सक्छ । शापु भएको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा लैजानुपर्छ ।
बलराम न्याैपाने
जनस्वास्थ्यकर्मी
लहरेपाैवा स्वास्थ्य चाैकी, रसुवा (कार्यरत)
धन्यवाद ।
ReplyDelete